धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन ?–संविधानविद आचार्य

२०७६ आश्विन २२, बुधबार १९:५९ मा प्रकाशित

घोराही, असोज २२ । संविधान विद डा. भिमार्जुन आचार्यले वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले चिनिया राष्ट्रपति सिजिनपिङको भ्रमणलाई लिएर काठमान्डौमा भइरहेको विकास निर्माणको कामप्रति कटाक्ष गरेका छन् ।

उनले धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन भनेर सरकारलाई प्रश्नसमेत गरेका छन् । उनले फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–‘चाबहिल जोरपाटी सडक कै अवस्थालाई लिऊँ । कुन हालतमा त्यो सडक छ आज ? यो त सरासर जनतालाई नटेरेको कुरा हो। जनताप्रति कुनै जवाफदेहिता नरहने, जनतालाई टेर्नु पनि नपर्ने, जनतालाई आफ्ना कार्यकर्ता भन्दा फरक नदेख्ने तर विदेशी नामको जेसुकै चीज भएपनि उसका अगाडि हातखुट्टा नै पसार्ने शासक कसरी जनताका हुन सक्छन् ?’

SPONSORED

SPONSORED