टिकाको दोस्रो दिनः प्रदेश नं. ५ का मुख्यमन्त्रीले लगाईदिए सर्वसाधारणलाई टिका

२०७६ आश्विन २२, बुधबार १९:५२ मा प्रकाशित

बुटवल, २२ असोज । वडा दशैको दोस्रो दिन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वसाधरणहरुलाई टिका तथा जमरा लगाइदिएका छन् । वडा दशैको पहिलो दिन दाङ पुगेर आफन्त कहाँ पुगेर टिका र आर्सिबाद लिएका मुख्यमन्त्री आज मात्र बुटवलमा आएका हुन ।

मुख्यमन्त्री निवासमा मुख्यमन्त्री पोखरेलकी पत्नी एवं संघिय सांसद सुजिता शाक्यले आगन्तुकलाई टिका तथा जमरा लगाइदिएका थिए ।
टिका ग्रहणमा भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरी, आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी, उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरी, सभामुख पुर्ण बहादुर घर्तिले मुख्यमन्त्रीबाट टिका ग्रहण गरेका थिए ।

SPONSORED

फोटो फिचर 

SPONSORED

SPONSORED