दाङका ६ वटा विद्यालयलाई प्राविधिक शिक्षाको स्वीकृति, अव मावि सौडियारमा वालि विज्ञानको पढाइ हुने

२०७६ आश्विन १८, शनिबार २२:३७ मा प्रकाशित

दाङ, प्राविधिक शिक्षाको विकास , विस्तार र पहुँचलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सन्चालन हुने भएको छ । जस अन्तर्गत दाङका ६ वटा सामुदायिक विद्यालयले प्राविधिक शिक्षा कार्यक्रम सन्चालनका लागी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभीटी०बाट भरखरै सम्वन्धन प्राप्त गरेका छन् ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने निर्णय गरे तीन वर्षे डिप्लोमा तह प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागी ती विद्यालयलाई स्वीकृत प्रदान गरिएको हो । जसमा तुलसीपुरमा १७ मा रहेको शहिद स्मृति आवासीय माध्यामिक विद्यालयमा आर्किटेक्चर ईन्जिनियरिङ पढाई हुने भएको छ ।

SPONSORED

यस्तैगरी तुलसीपुर ८ मा रहेको माध्यामिक विद्यालय अश्वारामा बन विज्ञान, तुलसीपुर ४ खाद्रेमा रहेको जनश्रम माध्यामिक विद्यालयमा जियोमेटिक्स ईन्जिनियरीङ ९अमिन०, घोराही ६ मा रहेको जयसेर माध्यामिक विद्यालयमा पशु विज्ञान, घोराही १० मा रहेको सिद्धरत्ननाथ नमुना माध्यामिक विद्यालयमा बाली विज्ञान, लमही नगरपालिका १ मा रहेको सुर्य विनायक माध्यामिक विद्यालयमा आर्किटेक्चर ईन्जिनियरिङ पढाई हुने भएको छ । त्यस्तै प्राविधिक एसएलसी तहको कार्यक्रम अन्तर्गत दाङका तीन विद्यालयमा थप भएको छ। जसअनुसार मावि रझेनामा १८ महिने स्यानिटेशन इञ्जिनियरिङ, बाल विकास मावि घोराहीमा अमिन र मावि सांैडियारमा बाली विज्ञानको पढाइ हुनेछ । दाङमा स्यानिटेशन इञ्जिनियरिङ पढाइ हुन थालेको पहिलोपटक हो ।

SPONSORED

SPONSORED