पत्रकार केशरमान बुढाथोकीले महराको यौन प्रकरणमा वचाँउ गर्दै ‘त्यसो हो भने एउटा व्यवस्था कै अवसान हुनेछ’

२०७६ आश्विन १८, शनिबार २१:१९ मा प्रकाशित

घोराही, असोज १८ । नेपाल पत्रकार महासंघ दाङका कार्य समिति सदस्य केशरमान विसिले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन प्रकरणमो वचाउ गर्दै एउटा व्यवस्था कै अवसान हुने टिप्पणि गरेका छन् ।
उनले आफै लेखेको फेसवुक स्ट्याटस
त्यसो हो भने एउटा व्यवस्था कै अवसान हुने छ
ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्
नेपाली क्रान्तिको एक सशक्त योद्धा नेपाली राजनीतिका एक शिखर पुरुष कमरेड प्रचण्ड निरीह बनेर महरा माथीको षड्यन्त्रलाई नियाली मात्र रहेभने त्यो वर्तमान व्यवस्था कै अवसान हुने प्राय निश्चित छ ।
तत्कालीन एनेकपा माओवादी र एमालेको पार्टी एकता पछि बनेको नेकपामा प्रचण्डको कहिँ कतै केही लाग्ने होइन भने किन नेकपा नाम राखिरहन आवश्यक छ र सिधै नेकपा एमाले भनिदिए हुन्छ । तत्कालीन एमालेका नेता तथा प्रादेशिक मुख्यमन्त्री शेरधनराईलाई यौन दुराचारको आरोप लाग्दा नेकपा बेखबर छ । मानौ ती आरोप लगाउने महिलाले अहिले न्याय पाइसकिन ।
तर त्यस्तै आरोपको सामना गरेको अर्को एक पात्र महरालाई नेकपाले २४ घण्टा नबित्दै कारबाहीको सिफारिस गर्दछ । नेकपामा गएर पनि केपी ओलीकै भजनमण्डली गरे आरोप चोखिने विरुद्धमा गएमा सखाप हुने अवस्था आउने हो भने त्यो शासन व्यवस्था र जंगबहादुरको शासन व्यवस्थामा के फरक रु आफ्नो अनुकुल काम गर्नेलाई काखी च्याप्दै हिड्ने आफ्नो प्रतिकुल कहिँ कतै केही काम भयोभने त्यो अवसानको बाटोमा लाग्नुपर्ने । केपी ओलीको यस्तै जंगी शासनमा प्रचण्ड जोतिनुपर्ने हो भने ूभाइ फुटे गवाँर लुटेू भने झैं अब क्रमशः पालो सबैको आउने देखिन्छ ।
चाहे त्यो द्वन्द्वकालको घटना जोडेर होस चाहे साँस्कृतिक बिचलन होस चाहे भ्रष्टाचार कै मुद्दा जोडेर किन नहोस सबै अवसानको बाटोमा लाग्नेछन र यो वा त्यो बहानामा वर्तमान व्यवस्था नै अवसानको बाटोमा जाने देखिन्छ ।
आजभोलिका मिडियामा हटकेक बनेको रोशनी यौन दुराचार काण्ड एउटा यौन दुराचार काण्ड मात्र नभएर अन्तर्राष्ट्रिय दाउपेज बनिसकेको देखिन्छ । इन्डो प्यासिफिक र अमेरिकीका भारत क्रिडास्थलका रुपमा नेपाली भुमिलाई प्रयोग गर्न दिनुपर्छ भन्ने र नेपालको वास्तविक हित चाहने छिमेकी मुलुक चीन हो भन्ने विचारको बिचमा तालमेल हुन नसक्नु । अमेरिकाबाट नेपालमा आउन लागेको बजेट संघीय सधनबाट पारित हुन नदिनु । र प्रधानमन्त्रीले सदनमा प्रयोग गरेका निम्छरो लगाएतका केही शव्द संसदको रेकर्डबाट मेटाउन लगाउनु महराको राजनीतिक अवसानका कारक हुन तर प्रयोग गरियो यौन दुराचार काण्ड ।
अनि प्रयोग भइन डिप्रेसनकी बिरामी । नेपाली राजनीतिक रंगमञ्चमा नियाल्ने हो भने यौन दुराचार आरोप दर्जनौं नेतालाई लाग्नसक्छ । अनि यो पुजीवादी युगमा भोलिका दिनहरूमा तथाकथित नक्कली पात्र किनेर अर्काको अवसान चाहनेको जमात बढ्न सक्छ त्यसो भयो भने नेपाली राजनीति र वर्तमान व्यवस्था कै अवसान हुने देखिन्छ ।

रोशनी प्रकरणमा मेरो निजी बिचार
महरालाई यसकारण सिध्याउन खोजियो १
१ ० तत्कालीन एमाओवादी भित्र नै महरा बिरोधि एक सशक्त खेमा छ । जो जबर्जस्त महराको राजनीतिक जीवन सखाप पारेर शक्तिकेन्द्रको दायाँ हात बन्न लालायित छ ।
२ ० वर्तमान नेकपा भित्र एक ठूलो खेमा छ । महराको राजनीतिक अवसान पछि शक्तिकेन्द्रको निकट बनी सत्तामा हालिमुहाली गर्न सक्ने दाउ खोजिरहेकोछ ।
३ ० एउटा यस्तो तत्त्व छ जो बर्तमान व्यावाथालाई नै ठाडै चुनौती दिदै पुनः राजतन्त्र फिर्ताको दिवास्वप्न देख्दै सडकमा थाली पड्काउछ ।
४ ० यस्तो बिस्तारवादी तथा साम्राज्यवादी तत्व छ जो नेपाललाई आफ्नो छत्रछायामा आजीवन राख्न चहान्छ ।
५ ० एउटा यस्तो तत्त्व छ । जो युरोपियनयुनियनबाट खरबौं भित्र्याएर आफुले सत्ता संचालन गर्ने कुचेष्ठा गर्दैछ ।
६ ० देशका सत्ता सन्चालक नै चिनियाँ राष्ट्रपतिलाई नेपाल आउन नदिने षड्यन्त्र गरिरहन्छन ।
७ ० आरोपपीले आरोप लाउन बित्तिकै सत्तारूढ दल पछिल्लो अबस्थाको बारेमा बैठक बस्नु जायज भएपनी अरोपिले आरोप लाउदैमा घटनाको गाम्भिर्यता तर्फ नगइ संसद र सभामुखबाट फिर्ता बोलाउने निर्णय गर्नुले गम्भीर अर्थ राख्छ ।
८ ० सभामुखको राजीनामा भुइँमा पर्न नपाउदै पुर्व सभामुख नेम्वाङको छुद्र प्रतिक्रियाले झनै गम्भीर अर्थ राख्दछ ।
र अन्त्यमा अमेरिकी इन्डो प्यासिफिक प्रती प्रचण्डको प्रेस नोटमा ओलीको असहमतिले गम्भीर अर्थ राख्दछ । प्रचण्डका विश्वास पात्रका रुपमा रहेका महराको राजनीतिक प्रतिष्ठा र गरिमालाई तिलान्जली दिन सके आफ्नो राजनीतिक अभिष्ठ पूरा हुन्छ भन्ने तिम्रो आत्मरती । तर यसमा प्रयोग गरिएको तिम्रो हतियार आफै खियाले छिया छिया थियो । अनि कसरी कसिन्छ अँध्यारो कोठामा बुनेको तिम्रो षड्यन्त्रको जालो रु

SPONSORED

SPONSORED