वाल विकास माविमा पढाइ महोत्सव सम्पन्न

२०७६ भाद्र २५, बुधबार १३:०६ मा प्रकाशित

दाङ, भदौ २५। दाङको घोराही उपमहानगरपालिका वडा न १४ स्थित वाल विकास माविमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत वुधवार पढाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ । पढाई महोत्सव कार्यक्रममा विद्यार्थीहरुबिच चित्रकला प्रतियोगिता, विद्यार्थीहरुबिच पढाई प्रतियोगिता र विद्यार्थीहरुबिच श्रुति लेखन प्रतियोगिता भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरीकला रेगि केसिको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको प्रमुख आतिथ्यता एंव जिल्ला शिक्षा समन्वय समिति दाङका रामलाल खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरी, घोराही १४ का वडा सदस्य नैना चौधरी, निर्मल देवकोटा, ओमकला खनाल लगायतकाले वोल्नु भएको थियो । कार्यक्रमको वारेमा विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठले प्रकाश पार्नु भएको थियो । कार्यक्रमका प्रमुख आतिथि प्रवक्ता अर्यालले विद्यालयमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमबाट विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन भएको भन्दै प्रसन्नता ब्यक्त गर्नुभयो ।

SPONSORED

कार्यक्रममा प्रतियोगिताका बिजयी छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

SPONSORED

SPONSORED