हिलसाइडका विद्यार्थी नेपालमै पहिलो पटक टेलिकम टेक्नीसियनको परिक्षामा सहभागी

२०७६ भाद्र २३, सोमबार १४:५७ मा प्रकाशित

दाङ । नेपालमै पहिलोपटक दाङको तुलसिपुर स्थित हिलसाइड टेक्नीकल कलेजका विद्यार्थीहरु टेलिकम टेक्नीसियन तह २ को परिक्षामा सहभागी भएका छन् । सो कलेजमा अध्ययनरत २२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीले जनाएको छ ।
गत १८ भदौदेखि परिक्षा भएको थियो । विद्यार्थीहरुको लिखीत र मौखिक दुवै परिक्षा साथै सिप परिक्षण पनि गराइएको परिषद्का टेक्नीकल असिस्टेन्ट सन्तोष महासेठले बताए । उनले भने, ‘हिलसाइडका विद्यार्थीहरुले नेपालमै पहिलोपटक टेलीकम टेक्निसियन तह २ को परिक्षा दिएका हुन् । परिषद् अन्तर्गत् नेशनल स्किेल टेस्टीङ बोर्ड मार्फत परिक्षा भएको हो ।’ सो अनुभव र परिक्षा उत्तिर्ण पश्चात् नेपाल टेलीकमले खोल्ने टेलीकम टेक्निसीयन तह चारमा प्रतिष्पर्धा गर्न पाइने परिषद्ले जनाएको छ । परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक हुने बताइएको छ । यस अघि जुनीयर टेलिकम टेक्निसीयन तह एकको परिक्षा भएपनि टेलिकम टेक्निसीयन तह दुइको परिक्षा नेपालमै पहिलो पटक भएको हो । नेपालमा पहिलोपटक हिलसाइड टेक्निकल कलेजमा टेलिकम टेक्निसीयन तह दुइको अध्ययन अध्यापन हुदै आएको छ ।
नेपालमै पहिलोपटक हिलसाइड टेक्नीकल कलेजले यो कार्यक्रम संञ्चालनमा लिएको र पहिलो पटक विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएको नेपाल टेलिकमका टेक्निकल अफिसर श्रीनारायण चौधरीले बताए । उनले भने ‘विद्यार्थीले दुरसंञ्चार प्रदायक संस्थाहरुबाट खुलाएका विज्ञापनहरु जस्तै नेपाल टेलिकम, एनसिएल तथा अन्य दुरसंञ्चार प्रदायक संस्थाहरुमा रोजगारिको अवसर प्राप्त गर्नेछन् ।’

SPONSORED