ब्राउन सुगर सहित तुलसीपुरमा एक जना पक्राउ

२०७६ भाद्र २२, आईतवार २२:०८ मा प्रकाशित

तुलसीपुर,२२ भदौ । लागु औषध ब्राउन सुगर सहित तुलसीपुरमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाकेको नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर ९ पुरैना बस्ने बर्ष २६ का तसौवर खान रहेको ईलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रा १ प ८६५५ नम्बरको मोटरसाईलकमा रहेका उनले तुलसीपुर १७ मज्गैको पत्रेखोला नजिकबाट कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रह्रीको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो बरामद गरेको छ ।

SPONSORED