दाङका नरेश भट्टराईद्वारा क्यान्सर पिडित वलिलाई २५ हजार आर्थिक सहयोग

२०७६ श्रावण ३०, बिहीबार २२:३४ मा प्रकाशित

घोराही, साउन ३० । साबिक नेकपा एमाले दाङ काठमाडौ सम्पर्क मंचका युबा नेता तथा समाजसेवी नरेश भट्टराईले क्यान्सर पीडित दाङ बेलझुण्डि निबासी नारायण वलिलाइ सहयोग गर्नु भएको छ ।

भट्टराइले २५ हजार आर्थिक सहयोग गर्नु भएको हो । पिडित वलिका वावु कृष्ण वलिलाई भट्टराईले आफ्नो तर्फवाट सहयोगस्वरुप चेक हस्तान्तरण गरेको विद्यार्थि नेता सुशिल खड्काले जानकारी दिनु भयो । वलिको हड्डीमा क्यान्सर हुँदा उपचार खर्च धेरै लाग्ने भएकाले पिडित परीवारले सहयोगको याचनासमेत गरेका छन् । सहयोग रकम दिने भट्टराई काठमान्डौमा कार्गोको ब्यवसाय गर्दै आउनु भएको छ ।

SPONSORED

SPONSORED