तुल्सीपुरमा ‘ईको’ सहितको भिडियो एक्सरे सेवा सुरु

२०७६ श्रावण ३०, बिहीबार २१:५४ मा प्रकाशित

तुलसीपुर ३० साउन । दाङको तुल्सीपुरमा ‘ईको’सहितको भिडियो एक्सरे सेवा सुरु भएको छ । तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलबाट उक्त सेवा सुरु भएको हो ।

उक्त सेवा सुरु भएसंगै नसा, मिर्गौला, मुटु, पित्त थैली, फोक्सोलगायतको भिडियो एक्सरे गर्न सकिने हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजालले बताए ।

SPONSORED

दाङबासीको माग अनुसार यो सेवा सुरु गरिएको अध्यक्ष रिजालको भनाई छ । यस अघि दाङमा यो सेवा नहुँदा दाङभन्दा बाहिर जानुपर्ने अबस्था रहेको भन्दै यो दाङबाटै यो सेवा दिन शुरु गरिएको निर्देशक जीवन भण्डारीले बताए ।‘हामीले दाङबासीको माग अुनसार यो सेवा सुरु गरेका हौं’ उनले भने‘ ४२ लाख लगानीमा मेसिन ल्याएको र अन्य सेवा पनि थप गर्ने गरि अगाडि बढेका छौं ।’ उनका अनुसार उल्ट्रासोनोग्राफी मेसिन ल्याएर सेवा सुरु गरिएको हो ।

SPONSORED

SPONSORED