समाजवादी पार्टीको स्वरोजगार बिभागमा दाङका रिजाल

२०७६ श्रावण ३०, बिहीबार २१:४८ मा प्रकाशित

तुलसीपुर ३० साउन । नयाँ शक्ति र संघीय समाजवादी पार्टी नेपालबीच भएको एकताबाट बनेको समाजवादी पार्टीको उत्पादन तथा स्वरोजगार बिभागको प्रमुखमा दाङका हरि रिजाल चयन भएका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले दाङका रिजाललाई उत्पादन तथा स्वरोजगार बिभागको प्रमुखमा चयन गरेको हो । रिजाल लामोसमयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएका छन् ।

SPONSORED

पार्टीले बिभिन्न बिभागको प्रमुख, उपप्रमुखको, ईञ्चार्ज, सह–ईञ्चार्जको टुंगो लगाएको हो ।

SPONSORED

SPONSORED