सरस्वती माध्यमिक विद्यालयमा पढाइ महोत्सव सम्पन्न

२०७६ श्रावण ५, आईतवार २०:२६ मा प्रकाशित

 दाङ, साउन ५ । दाङको घोराही उपमहानगरपालिका वडा न १५ स्थित सरस्वती माध्यमिक विद्यालय भरतपुरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत आज शुक्रवार पढाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ । पढाई महोत्सव कार्यक्रममा कक्षा १ का विद्यार्थीहरुबिच चित्रकला प्रतियोगिता, कक्षा २ का विद्यार्थीहरुबिच पढाई प्रतियोगिता र कक्षा ३ का विद्यार्थीहरुबिच श्रुति लेखन प्रतियोगिता भएको थियो । प्रतियोगिता अन्र्तगत चित्रकला प्रतियोगितामा बिनोद कुमाल प्रथम, बिजय सुनार द्धितिय, सन्दिप खड्का तृतीय र बिनिता बिक सान्त्वना भएका थिए ।

यसैगरी पढाई प्रतियोगितामा सुविक्षा नेपाली प्रथम, अब्दुल कलिम द्धितिय,सुवास नेपाली तृतीय र सन्जाप मिया र बिमल चौधरी सान्त्वना भएका थिए । यसैगरी श्रुति लेखन प्रतियोगितामा दुर्गा रावत प्रथम, संगिता शर्मा द्धितिय, बिशाल खड्का तृतीय र लिलबहादुर कुमाई सान्त्वना भएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौडेलको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता एंव राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख आतिथि वडाअध्यक्ष रमेशकुमार पाण्डेयले विद्यालयमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमबाट विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन भएको भन्दै प्रसन्नता ब्यक्त गर्नुभयो ।

SPONSORED

कार्यक्रममा प्रतियोगिताका बिजयी छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य इश्वर बादी, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मोहन के.सी लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले गर्नु भएको थियो

SPONSORED

SPONSORED