घोराहीको पैतिखोलामा डुबेर तिन जनाको मृत्यु

२०७६ श्रावण ५, आईतवार २०:१७ मा प्रकाशित

घोराही, साउन ५ । घोराहीमा नुहाउन गएका तिन जनाको डुवेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीले खाल्डोमा जमेको पानिमा नुहाउदा तिन जना डुवेर मृत्यु भएको जनाएको छ । घोराही १८ पैतिखोलामा डुबेर अमृता बिक,झरना बिक र बसन्ता बिकको डुबेर मृत्यु भएको वडा प्रहरि घोराहीका प्रहरी निरीक्षक शशि शर्माले बताए । ‘पानि जम्मा भएको खाल्डो रहेछ, त्यसमा नुहाउन जादा डुवेर मृत्यु भएको देखीन्छ–शर्माले भने ।

SPONSORED