रासायनिक मलको अभाव भएको भन्दै दाङ काग्रेसले दशवटै स्थानिय तहमा ध्यानाकर्षण

२०७६ श्रावण ५, आईतवार १९:४६ मा प्रकाशित

दाङ,
५ साउन / नेपाली कांग्रेस दाङले जिल्लाका दश ओटै पालिकामा आईतबार ज्ञापन पत्र बुझाएको छ ।

खेतीको समयमा रासायनिक मलको अभाव भएको र त्यसको व्यवस्थापन गर्न स्थानिय सरकार असफल भएको भन्दै ध्यानकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको हो ।

SPONSORED

यस्तै रासायनिक मल उपलब्धतामा सहजता ल्याउनुपर्ने माग सहित स्थानिय सरकारले सेवा सुविधा वितरणमा भेदभाव गरेको, जनताको आवश्यकता अनुसारका योजनाहरु सञ्चालन नगरेको भन्दै विरोध गरिएको छ ।

SPONSORED

नेपाली कांग्रेस दाङ क्षेत्र नं। १ का सभापती भेषराज पाण्डेको नेतृत्वमा पुगेको टोलीले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापन पत्र बुझाएको छ ।

SPONSORED

नारा लगाउदै ¥याली सहित पुगेको टोलीलले ध्यानकर्षण गराएको हो । दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, बबई गाउँपालिका, शान्तीनगर गाउँपालिका, बंगलाचुली गाउँपालिकामा ध्यानकर्षण पत्र बुझाइएको क्षेत्रिय सभापती भेषराज पाण्डेले जानकारी दिए ।