जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी

जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी 1

घोराही, २८ असार/दाङमा जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी परेका छन् । घोराही उपमहानगरपालिका १३ डुमरगाँउका ३६ बर्षिया की हिरा बुढा, वडा नम्बर १६ लेटार का ४० बर्षिया शुशिला चौधरी, २१ बर्षिया मालती चौधरी र वडा नम्बर १३ बस्ने ५० बर्षिया बिरमती बाठा जंगली च्याउको तरकारी खाँदा बिरामी पर्नुभएको हो ।

बिरामीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । उता शान्तिनगर गाउँपालिका ४ मा पनि च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

SPONSORED

जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी 2

बिरामी पर्नेहरुमा ६० बर्षिय नन्दकला बिक, उहाँका नाती ११ बर्षीय गोपाल र ७ बर्षिय गिरीराज रहेको प्रहरीले जनाएको छ । बारीमा उम्रीएका च्याउँ खादा उहाँहरु बिरामी परेको प्रहरीले जनाएको छ ।

SPONSORED

जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी 3

बिरामी तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बर्षायाम लागे सँगै उम्रिएका बिभिन्न च्याउहरु खाँदा बिरामी पर्नेको संख्या बढ्दै गएको छ ।

SPONSORED

जंगली च्याउको तरकारी खाँदा ७ जना बिरामी 4

अस्ती मात्रै घोराहीमा पनि जंगली च्याउको तरकारी खाँदा तीन जना बिरामी परेका थिए । यसैबिच राम्रो सँग चिनेर मात्रै च्याउ खान प्रहरीले सबैलाई आग्रह गरेको छ । पहिचान नै नगरी च्याउको तरकारी खाँदा बिरामी हुने क्रम बढेको भन्दै सचेत बन्न आग्रह गरेको हो ।

यस्तै तुसीपुर ८ कटकुईया निबासी पबित्रा कुवर सर्पको टोकाईबाट बिरामी पर्नुभएको छ । जंगलमा च्याउँ टिप्न जादाँ कवरलाई सर्पले टोकेको थियो । कुवरको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।