दाङमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भए

२०७६ असार २८, शनिबार १८:०७ मा प्रकाशित

तुलसीपुर,
२८ असार । दाङमा खुकुरी प्रहारबाट एक ब्यक्ति गम्भीर घाईते भएका छन् । युवाहरुको समूहले खुकुरी प्रहार गर्दा तुलसीपुर १२ केचली निवासी २० बर्षीय रामबहादुर ओली घाईते भएका हुन् ।

शनिवार दिउसो सवा दुईबजेतिर केही युवाहरुको समूहले तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ स्थित जनबहार चोकमा खुकुरी प्रहार गर्दा ओली घाईते भएका हुन् ।

SPONSORED

दुबै हात र बाँया खुट्टामा गम्भीर चोट लागेका ओलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

SPONSORED

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको र यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

SPONSORED