दाङ चेम्वरको अध्यक्षमा श्रीधर महराको नाममा सहमति भैसकेको छ–जिल्ला अध्यक्ष दिपक सुवेदि

२०७६ असार २६, बिहीबार २२:३६ मा प्रकाशित

घोराही । दाङ चेम्वर अफ कमर्श तदर्थ समितिको नयाँ नेतृत्व चयन प्रकृया सहमतिको प्रयास सुरु भएको छ । यसैक्रममा चेम्वरका तदर्थ समितिका संस्थापक अध्यक्षसमेत रहेका दिपक सुवेदिले सहमतिवाट नेतृत्व चयन हुने बताए । उनले अधिवेसनलाई सर्वसम्मत बनाउन आफु लागिपरेको पनि बताए ।

उनले आफ्नो अध्यक्षतामा बसेको बैठकले आउदो असार २८ गते शनिबारका दिन संस्थाको अधिबेशन गर्ने निर्णय गरेकाले नेतृत्व सहमतिवाट चुन्नुपर्ने चेम्वरभित्रका सम्पुर्ण ब्यवसायिहरुको भावनालाई समेटेर अघि बढिने पनि बताए । भर्खरै जन्मिएको संस्था भएकाले नेतृत्व सर्वसम्मत चुनेर राम्रो शन्देश दिनुपर्नेमा ब्यवसायिहरु रहेकाले यसलाई सोहरुपमा अघि बढाइने चेम्वरले जनाएको छ । चेम्वरका जिल्ला अध्यक्ष सुवेदिले आफै नै चेम्वरको जिल्ला अध्यक्षमा अहिलेका वर्तमान उपाध्यक्ष श्रीधर महराको नाममा सहमति भइसकेको खुलासा गरेका छन् । उनले आफै नै सामाजिक सञ्जालमा भनेका छन्–अध्यक्षमा उहाँको नाममा सहमति भैसकेको छ।अन्य पदहरुमा पनि सहमति कायम गरि अधिबेशन सम्पन्न हुने बिश्वाश लिएको छु।’
महरा चेम्वरकै सदस्य भएर संस्थापककारुपमा काम गरीसकेका छन् । मिलनसार, सहयोगि महरा ब्यावसायिक क्षेत्रमा लामो समयदेखी सकृय रहेका छन् ।

SPONSORED

SPONSORED