वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

२०७६ असार २६, बिहीबार २१:४१ मा प्रकाशित

२६ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

SPONSORED

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो ।

‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’, कोइरालाले भने ।

SPONSORED

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

SPONSORED