दाङका दुई स्थानमा कार्तिकमा उपनिर्वाचन हुने

२०७६ असार २६, बिहीबार २१:०६ मा प्रकाशित

दाङ,२६ असार, दाङमा दुई स्थानमा उपनिर्वाचन हुने भएको छ । दाङमा एक जना प्रदेशसभा सदस्य र एक जना वडाध्यक्षको निधन भएपछि ति क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।
दाङ क्षेत्र नंं,३ को प्रदेशसभा ‘ख’ का उत्तरकुमार ओलीको गाडि दुर्घटनामा मृत्यु भएको हो । भने घोराही उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष लक्षिण बुढाको जन्डिसका कारण मृत्यु भएको हो ।

यी दुबै स्थानमा उप निर्वाचन हुने छ । यसको लागि निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगले यस बर्ष ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गराउनका लागि गृहकार्य सुरु गरेको छ । कात्तिक मसान्तभित्र रिक्त रहेका प्रदेशसभा,प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचन गरिसक्ने आयोगको तयारी छ ।

SPONSORED

SPONSORED