तनाब व्यवस्थापनले नै मानसिक समस्या आउदैन

२०७६ असार २६, बिहीबार २०:१४ मा प्रकाशित

घोराही, २६ असार/घोराही उपमहानगरपालिका ३ कुइरेपानीमा निर्माणाधिन अबस्थामा रहेको मानसिक सन्तुलन गुमाएकाहरुको आश्रय, उपचार र परामर्श केन्द्र आगामी भदौ देखी सञ्चालनमा ल्याउने तयारी भएको छ ।

हेल्थ फाउण्डेशन, घोराही उपमहानगरपालिका, वडा कार्यालय सहित विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोगबाट निर्माणाधिन भवनको काम अन्तीम चरणमा पुगेको र भदौ देखी सञ्चालनमा ल्याउने तयारी भएको प्रेरणाका लागि अभियान नेपाल दाङले जनाएको छ ।

SPONSORED

प्रेरणाका लागि अभियान नेपाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा आज घोराही भएको जनप्रतिनिधीहरुका लागि मानसिक स्वास्थ्य प्रर्बद्धन विषयका छलफलमा अभियानका सचिब गुणाकर भुसालले मानसिक सन्तुलन गुमाएर सडकमा आएका व्यक्तिहरुको जिम्मा लिन लागेको जानकारी दिनुभयो ।

SPONSORED

मानसिक सन्तुलन गुमाएर सडकमा आएर बेसहारा बनेका व्यक्तिहरुको केन्द्रमा राखेर उपचार, परामर्श, संरक्षण गर्ने योजना रहेको र यस बिषय सबैको साझा बन्न आबस्यक रहेको उल्लेख गर्नुभयो । करिब १ करोडका लागतमा भवन तयारी हुन लागेको र २० देखी २५ जना सम्म मानसिक सन्तुलन गुमाएकाको उपचार गर्ने योजना रहेको बताउनुभयो ।

SPONSORED