कानुन पढ्न १.६ जिपिए भए पुग्ने, रझेना मावि र ज्ञानसिन्धुमा कानुनको पढाइ हुने

२०७६ असार २६, बिहीबार ११:५७ मा प्रकाशित

घोराही । दाङको घोराही स्थित सामुदायिक विद्यालय मावि रझेनामा पहिलो पटक कानुन विषयको पढाई हुन थालेको छ ।भने संस्थागततर्फ घोराहीको ज्ञानसिन्धु कलेजमा पनि कानुन विषयको पढाइ हुने भएको छ । घोराही उपमहानगरका प्रवक्ता भरत अर्यालले सामुदायिकमा मावि रझेना र संस्थागतमा ज्ञानसिन्धु कलेजमा कानुन विषयको पढाइ सुचारु हुने जानकारी दिए ।

यस शैक्षिकसत्रका लागि कक्षा ११ मा भर्ना खुला गरिएको विद्यालयका प्राचार्य उद्धव न्यौपानेले जानकारी दिए । साउन देखि कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । घोराही क्षेत्रमा पहिलो पटक रझेना स्कुलमा कानुन विषयमा पढाई हुन थालेको हो ।

SPONSORED

कानुन विषय पढ्नका लागि शिक्षा संकायमा पढ्न पाउने विद्यार्थीहरुले एसईईमा ल्याउनुपर्ने जिपिए र ग्रेड जस्तै भए पुग्ने न्यौपानेले बताए । कानुनको संकाय नै फरक भएकाले कक्षा ११ मा विद्यार्थीले ३ ओटा कानुन अन्तर्गतका विषय पढ्नुपर्ने छ । नेपाली र अंग्रेजी विषय भने अनिवार्य रहेको छ ।

SPONSORED

सामुदायिक विद्यालय भएकाले विद्यार्थीलाई सर्वसुलभ ढंगले अध्ययन गर्ने व्यवस्था मिलाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले जानकारी दिए ।
साविक राप्तीमा शिक्षा, मानविकी, विज्ञान, व्यवस्थापन र कानुन गरी सबै संकाय पढाउने विद्यालय मावि रझेना पहिलो हो ।

SPONSORED