सभामुख महराका स्वकिय सचिव प्रमोद शर्मालाई पितृ शोक

२०७६ असार २, सोमबार ११:०६ मा प्रकाशित

घोराही, असार २ । दाङ घोराही निवासी गुठी संस्थानका पूर्वअध्यक्ष हरिप्रसाद शर्माको निधन भएको छ । सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा युवा नेता प्रवीण शर्मा, प्रकाश शर्मा र सहिद प्रदीप शर्माका बुवा शर्माको ७३ वर्षको उमेरमा उपचारका क्रममा सोमवार बिहान १० बजे वीर हस्पिटलमा दुखद निधन भएको हो ।

शर्मा लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । परिवारका अनुसार उहाँको सोमवार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उपत्यकामा रहनुहुने दाङ र राप्ती आसपासका साथीहरू, पार्टीका साथीहरू एवं शुभेच्छुक, शुभचिन्तक सबैलाई दाहसंस्कारमा उपस्थितिका लागि अनुरोध गरीएको छ ।

SPONSORED

SPONSORED