मगर समुदायको भुम्या पर्व सुरु, घोराहीमा जुटे मगरहरु नाचमा

२०७६ असार १, आईतवार २२:४५ मा प्रकाशित

घोराही, १ असार/मगर समुदायले आफ्नो मुख्य पर्व भुम्या पर्ब मनाउन सुरु गरेका छन् । ५ दिन सम्म धुमधामका साथ मनाईने भुम्या पर्वको आज घोराहीमा सुरुवात गरिएको हो । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा भुमे पर्वको अबसरमा नाँचगान सुरु भएको हो ।

मगर समुदायले असारको पहिलो साताभर भूमिको पुजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन । जमिनको पूजा गर्ने मगरहरुको चाड भुमेपर्वका अबसरमा मगरहरुको बाहुल्यता रहेका क्षेत्रहरुमा धुमधामकासाथ भुमे पर्व मनाईन्छ ।

SPONSORED

मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगरको अध्यक्षता एवं मगर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगरको प्रमुख आतिथ्यतामा भुम्या पर्वको सुरुवात गरिएको हो ।

SPONSORED

घोराहीको नयाँ बसपर्कको पश्चिम तर्फ मगर समुदायले आफ्नै पहिरनमा वाजा गाजा सहित नाच शुरु गरेका हुन् । असार ५ गतेसम्म हरेक दिन बाजा गाजा सहित मगर समुदायका नागरिकहरु भुम्या नाच नाच्ने छन् ।

SPONSORED

भुमी देवतालाई वलि चढाएपछि अनिष्ट नहुने, वालिनाली सप्रिने मगर समुदायमा जनविश्वास रही आएको छ । मगर संघका उपाध्यक्ष डिल्ली घर्तीमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब मुक्त बुढामगरले गर्नुभएको थियो ।