सशस्त्र प्रहरीको गण नजिकै महिलाको शव फेला, घटनास्थलमा प्रहरीको टोली

२०७६ जेष्ठ २८, मंगलवार १७:५८ मा प्रकाशित

दाङ-दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चाेक नजिक नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण नजिक महिलाको शव फेला परेको हो।

SPONSORED

घटना स्थलमा प्रहरीको टोली पुगेको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख

रबिन्द्रराज पाण्डेले जानकारी दिए।

`हामी घटनास्थलमा पुगेका छौ´उनले भने-`मृतकको परिचय खुल्न सकेको छैन।´

SPONSORED