टोल–बस्तीदेखि नै जागरणः खनाल

२०७६ जेष्ठ १७, शुक्रबार ०८:१३ मा प्रकाशित

दाङ, १७ जेठ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानका अभियनता तथा केन्द्रीय प्रतिनिधि राजु खनाल दार्चुला पुगेका छन् । त्यहाँका जनतालाई जागरण गराउने उद्देश्यले पार्टीले नै खनाललाई त्यहाँ खटाएको छ ।

‘हिमाल, पहाड, तराई (मधेस) नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत दार्चुला पुगेका खनालले त्यहाँका पार्टीका नेता तथा कार्यकर्ता, नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि र भातृ संस्थाबीच छलफल गरेका छन् ।

SPONSORED

छलफलमा अभियान्ता खनालले टोलबस्तीदेखि नै जनतालाई जागरण गराउनु पर्ने समय आएको बताएका थिए । जनतालाई कम्युनिष्ट सरकारले आसवासन मात्र दिएको पूरा नहुने सपना देखाएर भ्रममा पारेकाले ति भ्रमहरु चिरेर जनतालाई जागरुक गराउनु पर्ने काँग्रेसको जिम्मेवारीमा आएको बताएका थिए ।

नेपाली काँग्रेस दार्चुलाका जिल्ला सभापति ललितसिंह बोहराको सभापतित्वमा भएको छलफलमा सहभागी पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुलाई जनताको कामको लागि सशक्त प्रतिपक्षको भूमिका निभाउनको लागि क्रियाशील हुन निर्देशन दिएका थिए ।

छलफलमा नेपाली काँग्रेस दार्चुलाका उपसभापति ललित सिंह ठगुना, महाधिवेशन प्रतिनिधि उमेश खत्री, ब्यास गाउँपालिकाका पार्टी सभापति नरेन्द्र भट्ट,

SPONSORED

साविक भगवती गाविस सभापति भानसिंह धामी जनप्रतिनिधिहरु जिल्ला समन्वय समितिका सभापति करविर बहादुर कार्की, शैलेशिखर नगरपालिकाका नगरप्रमुख अमर सिंह धामी, महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्ट,

मालिका अर्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी, दुहु गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी, लेकम गाउँपालिकाका प्रवक्ता महेन्द्रराज जोशी,

भातृ एवं शुभेच्छुक संस्थाबाट शिक्षक महासंघका केन्द्रीय सदस्य दौलत सिंह खाती, महिला संघ सदस्य राजु अवस्थी, कर्मचारी युनियनका सदस्य जगत धामीलगायतको सहभागिता रहेको थियो ।

जिल्ला सचिवद्वय हरक विष्ट र गोवद्र्धन गोलीले छलफलको सहजीकरण गरेको थिए । दार्चुलाको जागरण अभियानको बारेमा नेपाल तरुण दलका जिल्ला सदस्य बिरु खत्रीले जानकारी दिएका थिए ।