स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा मशाल र प्रदेश अध्यक्षमा देवकोटा

२०७६ बैशाख ३०, सोमबार २३:२८ मा प्रकाशित

तनहुँ ३० बैसाख
स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा दाङका वरिष्ठ पत्रकार तथा स्तम्भकार समाजका अध्यक्ष समेत रहनुभएका केवि मशाल सर्वसम्मतरुपमा चुनिनुभएको छ ।
यसैगरी संघकै पहिलो प्रदेश समितिको प्रदेश नं ५को अध्यक्षमा दाङकै क्रियासील पत्रकार बिष्णुकुमार देवकोटा सर्वसम्मत रुपमा चुनिनुभएको छ ।
तनहुँ जिल्लाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र बन्दिपुरमा सम्पन्न ऐतिहाँसिक आठौं साधारण सभा तथा तेश्रो महाधिबेसनबाट मशाल केन्द्रिय अध्यक्ष र देवकोटा प्रदेश नं ५ को अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य भुवन गौतमले जानकारी दिनुभएको छ ।
यो समाचार तयार पार्दा सम्म विस्तृत विवरण आईनसकेको गौतमले जानकारी दिनुभयो ।
देवकोटाको नेतृत्वमा गठित प्रदेश नं ५ को उपाध्यक्षमा रुपन्देहीका ईश्वर पौडेल, सचिवमा अर्घाखाँचि बाट विन्दु घिमिरे, सह सचिवमा अर्घाखाँचि बाटै भुम बहादुर शूर्यवंशी, कोषँध्यक्षमा पस्चिम नवलपरासीबाट विमल भट्टराई निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा पाल्पा बाट राम ज्ञवाली, पस्चिम नवलपरासीबाट समीर ढकाल, बाँके बाट दिला शाह, दाङ बाट अंकीत डि.सी. र बसन्त भट्ट, पाल्पा बाट भविन्द्र गौतम, रुपन्देशी बाट सन्तोष पुन र विवश बिष्ट निर्बाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रददेश नं ५ को पहिलो बैठक जेठ १० गते दाङमा हुने ।
नव गठित स्वतन्त्र पत्रकार संघ नेपालको प्रदेश नं ५ को प्रथम बैठक आँउदो जेठ १० गते दाङको घोराहीमा हुने प्रद्श नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ ।
बैठकले विभिन्न रणनीतिहरु सार्वजनिक गर्नै एजेन्डा तय गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

SPONSORED