३० वैशाख/ देख्दा पर्यटक बोक्ने बस । तर बिद्यार्थी बोकेको थियो । तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरुजजुर नमूना माबिको विद्यालय बस । केही दिन अघि मात्रै बिद्यालयले सूचना प्रकाशित गरेर यो बस भाडामा लिएको थियो ।

बिद्यार्थीको संख्या धेरै भएपछि उक्त बस भाडामा लिएर बिद्यार्थी ओसार–पसार गरिरहेको छ । सोमबार गुम्राह चोकमा बिद्यार्थी छोडेर साढे ५ बजेतिर बाहिनी चोक पुग्दै थियो । ‘अगाडि धेरै मान्छेहरुले अब्यबस्थित रुपमा सडक वारपार गरिरहेका थिए, बिद्यार्थी छोड्न हतार भएकाले हर्न बजाएको थिँए’ बस चालक प्रेम ओलीले भने ।

SPONSORED

त्यही हर्न बजाएपछि ट्राफिक प्रहरीले कारबाही अगाडि बढायो । हर्न बजाए वापत ट्राफिक प्रहरीले जरिवाना काट्न थालेपछि त्यसको प्रतिकार सवारी चालक ओलीले गरे । ‘यो स्कुल बस, हो मैले जरिवानी तिर्दिन् ।’

SPONSORED

जरिवाना नतिर्ने जनाएपछि खटिएको सञ्चलाल चौधरीसहितको ट्राफिक प्रहरीको टोलीले कागजात जफत गर्न खोज्यो, तर उनीसंग लाईसेन्स, ब्लूबुक केही पनि थिएनन् ।

यति हुँदै गर्दा बाहिनी चोकमा करिब एक घण्टा जति बिद्यार्थीहरु त्यहाँनेर अडिनु प¥यो ।‘ हामीलाई भोक लाग्यो सर, हामीलाई छिटो छोडिदिनुस्’ बसको झ्यालबाट एक बिद्यार्थीले ठूलो श्वरले कराए ।

SPONSORED

केही महिना अघि हर्न निषेध गरिएको तुलसीपुरमा जथाभावी हर्न बजाउन नपाईने र हर्न बजाए जरिवाना तिर्नुपर्ने हुन्छ, सोही अनुसार कारबाही अगाडि बढाउन खोज्दा स्थानीयले पनि बिद्यार्थी चढेको बस भनेर बसका चालकप्रति सहानुभुति प्रकट गरे ।

बसका चालकसंग कुनै कागजपत्र नभएपछि बिद्यार्थीहरुलाई अर्को बसमा लैजाने र हर्न बजाएको स्कुल बसलाई कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय लैजाने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको तयारी गरिएको थियो ।

तर स्थानीयहरुले बिद्यार्थीहरुलाई असर पर्ने गरि अर्को गाडिमा हाल्न नदिएपछि त्यही गाडिले बिद्यार्थीहरुलाई घर–घरमा पु¥यायो । ना ४ ख ६२४४ नम्बरको बसलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले केही समय नियन्त्रणमा लिएपछि आम नागरिकको चौतर्फी दवाव पछि छोडिएको छ । ठूलो श्वरमा हर्न बजाएपछि यस्तो अबस्था सिर्जना भएको थियो ।