दाङ महीला जेसिजलाई क्षेत्र ‘घ’ को ‘जेसीज अफ द मन्थको अवार्ड’

२०७६ बैशाख ३०, सोमबार २१:०५ मा प्रकाशित

देबु बानियाँ
बाहुनडागी । दाङ लेडी जेसीजले वर्ष २०१९ को अप्रिल महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
नेपाल जेसीजले आइतवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तरगत एरिया ‘डी’ बाट दाङ लेडी जेसीजले यो अवार्ड पाउन सफल भएको हो । दाङ जिल्लाको घोराही उप महानगरपालिकालाई कार्य क्षेत्र बनाएर सामाजिक अभियानमा निरन्तर क्रियाशील यो शाखाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको  छ ।

शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘घ’ बाट उत्कृष्ट शाखाको रुपमा दाङ लेडी जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ ।
शाखाले उत्कृष्ट अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष रेखा शर्माले नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल र निरुपित उपाध्यक्ष दिनेश बोहोरालाई धन्यवाद व्यक्त गर्नु भयो । साथै अध्यक्ष शर्माले शाखाका पूर्व अध्यक्ष र बोर्डका सबै पदाधिकारीहरुलाई समेत आभार व्यक्तगर्नु भयो । उहाँले यो अवार्डले शाखालाई थप हौषला प्राप्त भएको बताउनु भयो ।

SPONSORED

SPONSORED