स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा केवि मसाल सर्वसम्मत चयन

२०७६ बैशाख ३०, सोमबार २०:२० मा प्रकाशित

तनहुँ ३० बैसाख ।
स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा दाङका वरिष्ठ पत्रकार तथा स्तम्भकार समाजका अध्यक्ष समेत रहनुभएका केवि मशाल सर्वसम्मतरुपमा चुनिएका छन् । मसाल नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष भएर काम गरीसकेका छन् ।
यसैगरी संघकै पहिलो प्रदेश समितिको प्रदेश नं ५को अध्यक्षमा बिष्णुकुमार देवकोटा चयन भएका छन् ।

तनहुँ जिल्लाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र बन्दिपुरमा सम्पन्न आठौं साधारण सभा तथा तेश्रो महाधिबेसनबाट मशाल केन्द्रिय अध्यक्ष र देवकोटा प्रदेश नं ५ को अध्यक्षमा चयन भएका हुन् । अन्य विभिन्न ब्यक्तिहरु सदस्यमा रहनु भएको छ ।

SPONSORED