दाङमा आशा लाग्दो ‘विकास’

२०७६ बैशाख २९, आईतवार १९:४१ मा प्रकाशित

कुनै समय थियो, दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्छ भन्ने ‘वहस’ । यो वहस अझै पनि निरन्तर चलिरहेको छ । तर, प्रदेश पाँचको राजधानीको लागि दाङ उपयुक्त छ । यसमा कुनै वहस गरिरहनु पर्छ जस्तो लाग्दैन । प्रदेश सरकारले प्रदेशको राजधानी तोक्ने क्रममा छ । त्यसको अन्तिम चरणमा रहेको प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराईसकेका छन् । दाङ प्रदेश पाँचको राजधानी भएर ह्वात्तै विकास हुने पनि होईन । राजधानी नतोक्दैमा दाङ विकास नहुने पनि होईन । प्रदेश पाँचको राजधानी प्रदेश सरकारले कहाँ, कहिलेसम्म टुंगो लगाउँछ, त्यो विषयमा यहाँका नेताहरुले जिम्मा लिएका छन् । विकास गतिशिल हुन्छ । दाङको विकासक्रम पनि गतिशिल छ । आशा लाग्दो छ, पहिलेको समयमा जिल्लाको मात्र प्रतिनीधित्व गर्ने दाङ । हिजो आज प्रदेशको प्रतिनीधित्व गर्ने जमर्को गरेको छ । यस कारण पनि दाङको विकास आशा लाग्दो छ । अस्थायी राजधानी बुटवल तोकिएपनि, त्यसपछिको प्रतिनीधित्व दाङले नै गरेको छ । कुनै प्रदेश स्तरीय भेला हुनु पर्यो भने अस्थायी राजधानी बुटवलपछि दाङ नै हो । यसको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार पनि दाङमा खडा छन् भन्ने बुझिन्छ । दाङमा प्रदेश स्तरीय कार्यालयहरु स्थापना भएर पनि संचालनमा हुनु, सडक सञ्जाल जोडिनु र भौतिक पूर्वाधारका विकास हुनुले पनि दाङवासीहरुमा निरासा हुनु पर्ने अवस्था छैन् । कुनै समयमा दाङलाई भौगोलिक बनोटको रुपमा मात्रै प्रदेश राजधानीको लागि उपुक्त छ भन्नेहरु अब पूर्वाधारको लागि पनि उपयुक्त भईसकेको छ ।

प्लेन चढ्ने यात्रु नहुँदा कुनै समयमा खाली एराेप्लेन फर्किएको अवस्था पनि थियो । तुलसीपुर उपमहानगरपालिका टरिगाँउमा रहेको एअरपोर्टमा मुस्किलले हप्तामा दुईदिन प्लेन उड्ने गर्थ्याे । कति समय त उडान ठप्प भयो । केही समय यता त्यही टरिगाँउ एअरपोर्टबाट उड्ने प्लेन दैनिक उड्दा पनि टिकट पाउन गाह्रो छ । हिजोआज यहाँबाट दैनिक काठमाण्डौबाट दाङ र दाङबाट काठमाण्डौ यात्रु लिएर उड्ने गर्छ ।

SPONSORED

दाङमा केही मात्रै भएपनि प्रदेश स्तरीय संरचना तयार भईसकेका छन् । दाङबासीहरु उच्च स्तरीय स्वास्थ्यको लागि अब बाहिर जिल्ला जानु पर्दैन । स्वास्थ्य सम्वन्धी पढ्न तथा अध्यननको लागि पनि त्यो समस्या हटेको छ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ । प्रतिष्ठान संचालनमा आईसकेपछि दाङको प्रतिष्ठा समेत बढेको छ । त्यस्तै, दाङमा प्रदेश स्तरीय राप्ती प्रादेशिक अस्पताल स्थापना भएको छ । तुलसीपुरमा स्थापना भएको यो अस्पताल प्रदेश स्तरको सेवा पाउने भएका छन् । प्रदेश प्रहरी दाङमै स्थापना भएको छ भने, उच्च अदालत तुलसीपुरबाटै सेवा प्रदान गरिरहेको छ ।

SPONSORED

यी मात्रै होईन, दाङमा प्रदेश स्तरीय भेला, कार्यक्रमहरु समेत हुँदै आएका छन् । त्यसलाई मध्ये नजर गरेर घोराहीमा सभागृह समेत निर्माणाधीन अवस्थामा छ । प्रदेश स्तरीय जिल्ला जोड्ने सडक संजालहरु पनि जोडिएका छन् । प्रदेश जोड्ने सडकहरु निर्माणाधीन अवस्थामा छन् । प्रदेश स्तरीय मदन भण्डारी राजमार्गको काम सन्तोष जनक छ । दाङदेखि प्युठान जोड्ने सडक घोराहीदेखि सिधा प्युठान जानको लागि घोराही – मुर्कुटी सडक सडक पिच हुने काम मात्र बाँकी छ । त्यस्तै, तुलसीपुर–हापुरे– पुरन्धारा–एक्लेवर जोड्ने सडकको काम पनि अन्तिम अवस्थामा छन् । त्यसैगरी, एक्लेवर–कालीमाटी–काल्चे सडकको पनि थोरै मात्र काम बाँकी छ ।

SPONSORED

विकास पूर्वाधारको मध्य सडक क्षेत्रमा पनि विकासक्रममा नै देखिन्छ । सडक डिभिजन कार्यालय दाङका अनुसार, राप्ती राजमार्ग अनुसार अमेलिया–तुलसीपुर–कपुरकोट थारमारे झलनेटा नुवाकोट सोलावांग रारी मुसिकोट खण्डको काम धमाधम भईरहेको छ । त्यसैगरी, दाङका सडक, अमेलिया तुलसीपुर सडकहरुमा कालोपत्रे काम भईरहेको छ । त्यस्तै, दाङ तुलसीपुर सल्यान खलंगा रुकुम मुसिकोट राप्ती राजमार्ग र सल्यान जोड्ने सडकको निमार्ण भईरहेको छ । राप्ती लोकमार्गको अमेलिया– दाङ–सल्यान–रुुकुमका दाङ–सल्यान–रुकुम सडक, कुहिरे पानी–तुलसीपुर सडक, दाङ सुर्खेत दिपायल सडक, भालुवाङ– गढवा कोइलावास रोड जोड्ने दामोदर सडकको काम भईरहेको छ ।

विगतको समयमा पानीका पुलमा सवारी साधान आवतजावत गर्नुपर्ने बाध्यता हट्दै गएको छ । तुलसीपुर–घोराही–लमही सडक खण्डमा पर्ने खोलाहरुमा पुलको काम भईरहेको छ । कुनै खोलाको पुलको काम अन्तिम चरणमा छन् भने बाँकी खोलाका पुलहरुमा पनि काम शुरु भईसकेको छ । अब याे वर्षाको समयमा पानी मुनिको पुल नभएर पुलमा नै सवारी साधन आवतजावत गर्ने योजना लिएको छ । घोराही र तुलसीपुरमा निर्माणाधीन अवस्थामा रहेका फोर लेनका सडक अन्तिम अवस्थामा छन् । फोर लेन सडकका बत्तिसहित आकर्षक बाह्रमासे फुलहरु फुल्दा घोराही र तुलसीपुरको मुहार नै फेरिने छ ।

दाङमा केही मात्रै भएपनि प्रदेश स्तरीय संरचना तयार भईसकेका छन् । दाङबासीहरु उच्च स्तरीय स्वास्थ्यको लागि अब बाहिर जिल्ला जानु पर्दैन । स्वास्थ्य सम्वन्धी पढ्न तथा अध्यननको लागि पनि त्यो समस्या हटेको छ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ । प्रतिष्ठान संचालनमा आईसकेपछि दाङको प्रतिष्ठा समेत बढेको छ । त्यस्तै, दाङमा प्रदेश स्तरीय राप्ती प्रादेशिक अस्पताल स्थापना भएको छ ।

दाङमा लगानी गर्नको लागि लगानीकर्ताहरु पनि आकर्षित देखिन्छन् । जसका कारण दाङमा मात्रै पाँच वटा सिमेन्ट उद्योगहरु स्थापना भएका छन्, साना उद्योगहरु पनि दिन प्रति दिन स्थापना भईरहेका छन् । पर्यटन सम्पदाको धनि दाङ पर्यटक तथा अन्य पाहुनाहरुको लागि आधुनिक होटलहरु संचालमा छन् । घोराहीको भिंग्रेली भिलेज, माला ईन्, सिटि प्लाजा, होटल डोको लगायतका होटलहरु संचालनमा छन् । जो पर्यटन र पर्यटकमैत्री छन् भने प्रदेश स्तरीय होटल संचालन गरेको सम्वन्धीत होटलका लगानीकर्ताहरुको दाबी छ ।

तुलसीपुर उपमहानगरपालिका टरिगाँउमा हवाई उडान यात्रुहरुको लागि टिकट पुर्याउन नसकिरहेको अवस्थामा त्यसको विकल्प खोज्ने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे बताउँछन् । ‘अहिलेको समयमा यात्रुहरुलाई प्लेन टिकट पुर्याउन समस्या भएको छ’- तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेले भने- ‘त्यसको विकल्प हामीले योजना बनाउँदै छौ । ईन्धन डिपो बनाउने तयारी भईरहेको र टर्मिनल भवनको काम भईरहेको उनले जानकारी गराए  ।

तुलसीपुर क्षेत्रमा हवाई उडान दैनिक तथा नियमित हुनु, बेलझुण्डीमा अन्तर्राष्ट्रिय खेल मैदान हुनु, चक्रपथ निर्माण हुनु, प्राविधिक शिक्षा, व्यवस्थीत बसपार्क, अटोभिलेज लगायतका मुख्य कामहरु भएका छन् । त्यस्तै, घोराही उपमहानगरपालिका वडा नंं १० मा पनि अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने योजना छ । त्यसको लागि सर्भे भईसकेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी बताउँछन् । घोराही क्षेत्रमा रिङरोड सर्भे, रंगशाला खेलकुद निर्माण, वडा–वडामा स्वास्थ्य भवनसहितको सेवा, फोहर व्यवस्थापन, ड्यामहरु निर्माण भएका छन् । त्यस्तै, गाँउका सडकहरु पिच, ट्रयाक खोल्ने काम, सिंचाईका लागि डयाम्, पर्यटन प्रवर्द्धनको लागि घोराही उपमहानगरपालिका वडा नंं १३ मा रहेको बाह्रकुने मन्दिरमा दुई करोड र घोराही उपमहानगरपालिका वडा नंं ५ मा रहेको पाण्डवेश्वरी मन्दिरकाे लागि दुई करोड छुट्टयाएको मेयर चौधरीले बताए ।

लमही नगरपालिकाको प्रमुख कुलबहादुर केसीले अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान लमहीमा अवस्थीत भएको र राष्ट्रियस्तरका खेल आयाेजना गर्न सकिने उनले बताए । लमही क्षेत्रमा शैक्षिक, स्वास्थ्य, सरसफाईमा विकास भएको उनको भनाई छ । रिहार र जखेरालाई पर्यटन प्रवर्द्धन गर्न बहुवर्षीय योजनाको रुपमा काम भईरहेको छ भने खोलाहरुमा पक्की पुल, पाँचवटा सडक कालोपत्रे काम भईसकेको छ । कुनै समयमा लमही क्षेत्रमा वार्षिक दुई करोड बजेट पनि खर्च हुदैनथ्यो, स्थानीय सरकार आईसकेपछि ६० देखि ७० करोड बजेट खर्च हुने गरेको उनले बताए । यी सबै दाङकाे विकासमा आशा लाग्दा काम हुन्, जसबाट आम नागरिकले उचित लाभ लिन सक्नुपर्छ ।

२०७६ बैशाख २९ गते प्रकाशित