Exclusive: नेकपा दाङका दुई नेता शर्मा र बुढाथाेकी सवार कार दुर्घटना, थप उपचारका लागि काेहलपुर रिफर

२०७६ बैशाख १८, बुधबार ११:५५ मा प्रकाशित

घाेराही, बैशाख १८ । दाङमा सवारी दुर्घटना हुँदा नेकपा दाङका दुईनेता घाईते भएका छन् ।

अर्घाखाँचीको सितगंगा नगरपालिका ८ देउराली मन्दिर नजिक भएको दुर्घटनामा नेकपा दाङका नेता तुलसीपुर १५ निवासी लक्ष्मण शर्मा र मनोहर बुढाथोकी घाईते भएका हुन् । घाइते लक्ष्मण शर्माकाे टाउकाे र ढाडमा चाेट लागेकाे छ भने मनाेहर बुढाथाेकीकाे अनुहारमा चाेट लागेकाे छ ।

SPONSORED

अाज बिहान करीव ९ बजेतिर भएको दुर्घटनामा घाईते दुबै जनाको स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काेहलपुर मेडिकल कलेज पठाइएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे जानकारी दिए ।

SPONSORED

उनका अनुसार शर्मा र बुढाथाेकी सवार बा१९ च १३३ नम्बरकाे  कारलाइ विपरित दिशाबाट अाएकाे ना ६ ख ४३४९ नम्बरकाे ट्रकले ठक्कर दिएकाे हाे । कार चालककाे अवस्था भने सामान्य रहेकाे एसपी पाण्डेले बताए ।

SPONSORED