प्रविधियुक्त घाेराही १४, वडाकाे सुरक्षा अब सिसि क्यामराबाट

२०७६ बैशाख ६, शुक्रबार २०:२७ मा प्रकाशित

घाेराही, ६ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले सुरक्षा व्यवस्था कायम राख्न बजारका संबेदनशिल क्षेत्रहरुमा सिसि क्यामरा जडान गरेकाे छ । वडा नम्बर १४ले अब ती क्षेत्रका निगरानी वडा कार्यालयबाटै सिसि क्यामेराबाट गर्न शुरू गरेकाे छ । वडा कार्यालयले आफ्नो कार्यालय देखी वडा क्षेत्र भित्र पर्ने बजारका संबेदनशिल सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरेको हो ।

कार्यालयको राजस्व शाखा, प्रशासन शाखा, कार्यक्रम हल र प्राङगणलाई अध्यक्षको कार्यकक्षबाट निगरानी गर्ने गरी क्यामेरा जडान भएको छ । त्यसैगरी बजारका सार्वजनिक स्थलहरु नयाँ बसपार्क, दामोदर चोकको सार्वजनिक शौचालय क्षेत्र, तिनकुने चोक, आर्मी व्यारेककको त्रिमूर्ती चोक र डुम्मरगाउँ जाने चोकमा सिसि क्यामेरा जडान भएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

SPONSORED

SPONSORED

वडा कार्यालय बाहिरका ५ वटा सार्वजनिक संबेदनशिल क्षेत्रको निगरानी वडा कार्यालय सँगै वडा प्रहरी कार्यालयबाट समेत हेर्न सकिने व्यवस्था मिलाईएको छ । कुनै पनि अपराधिक कार्य हुन नदिन र घटना भएपछि पनि अनुसन्धानमा सहयोग पुग्ने उदेश्यले सिसि क्यामेरा जडान गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

SPONSORED

यसैबिच, सिसि क्यामेरा जडानको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । सिसि क्यामेराको स्विच अन गरेर ९ वटै सिसि क्यामेरा एकै पटक सञ्चालनमा ल्याउनुभएको हो । नगर प्रमुख चौधरीले शान्ति सुरक्षा कायममा सिसि क्यामेराले ठूलो सहयोग पुर्याउने भन्दै त्यसको सुरक्षामा बिशेष चनाखो बन्न सुझाब दिनुभयो ।