निरन्जन थापाकाे विचार- युवा नेतृत्वका लागि कांग्रेसले ध्यान दिनुपर्छ

२०७६ बैशाख ६, शुक्रबार २०:१३ मा प्रकाशित

बैशाख ६ गते आज शुक्रबार । नेपाल विद्यार्थी संघकाे स्थापना दिवसको अवसरमा सबैमा हार्दिक शुभकामनासँगै मनभित्र गुम्सिएका केही कुरा खोल्न मन लाग्यो।

पूर्ब नेबिसंघको सभापति आज पार्टिको सभापति हुनुहुन्छ। नेबिसंघको साख जोगाउने जिम्मा पनि सभापतिकै रहन्छ भन्ने मलाइ लागेकाे छ।

SPONSORED

जहिले पनि गुटहरु निर्बाचन प्रक्रियाको लागि मात्र उपयोग गर्नु पर्छ । यो, रोगको दबाइ त छैन तर यसको उपचार हामी गम्भिर भएर लागेका कार्यकर्ताबाट नै सम्भब हुन्छ।

टाढा रहँदा आफ्नो सङगठन र देशकाे माया झन बढ्दो रहेछ। नेबिसंघकाे बिषयमा अहिलेको आवश्यकतालाइ मध्यनजर गरेर बोल्नु पर्दा हामीलाइ अहिले नेपाल विद्यार्थी संघको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वकाे आवश्यकता नै हाे ।

प्रतिपक्षकाे बिषयमा प्रश्न उठिरहँदा, प्रवक्ता विश्वप्रकाश, गगन, महेन्द्र, कल्याण, प्रदिप दाइहरु बराबर नेतृत्व गर्न सक्ने क्षमतावान युबा नेताहरु कुन्दन काफ्ले, सरोज थापा, डिल्लि सुबेदि, पुष्प शाही आदिलाइ रोक्नको लागि बनाएको ३२ वर्षे हदबन्धिले नेबिसंघलाइ नै गम्भिर संकटमा पुर्याएको छ भन्ने मेरो बुझाइ छ।

SPONSORED

यी युबा बर्ग बाहेकको नेतृत्वले केहि महत्वपूर्ण कार्य गर्न सक्षम छ जस्तो मलाइ लाग्दैन।मलाइ लाग्छ, ३२ वर्षे हदबन्दि भन्दापनि समयमै महाधिबेशन हुँदा सक्षम युबा बिध्यार्थि नेतृत्वमा आउन सक्छन्। तर, अहिलेको विद्यमान परिस्थितिमा प्रतिपक्षकाे दरिलो भुमिका निर्बाह गर्न तरुणदलको पनि तुरुन्त पुर्ण कार्यसमिति आऊन जरूरी देखिन्छ ।

नेबिसङमा पनि बिधान संशाेधन गरेर तुरुन्त तदर्थ समितिको नेतृत्वमा पूर्ब महाधिबेशनको उचित मुल्यांकन गरि कुन्दन काफ्ले जत्तिको युबा नेतालाइ ल्याई सरकारकाे गलत कार्यहरुको एक-एक गरी उचित हिसाबकिताब माग्नु जरूरी छ।यसका लागि कठोर, सशक्त सडक संघर्ष गर्न निकै अपरिहार्य छ।

यति गर्दै गर्दा नेपाली कांग्रेस पार्टी र पार्टी सभापति देउवा झन थप बलियो हुने विश्वास लिन सकिन्छ। प्रतिपक्षकाे गैर जिम्मेबार क्रियाकलापको जवाफ दिन नेपाल विद्यार्थी संघ,तरुण दल र नेपालि कांग्रेस स्वयम् सक्षम छन् भन्ने कुरा इतिहासले नै प्रमाणित गरिसकेको छ। एक पटक नेतृत्व बर्गमा रहनु हुने अग्रज दाजुहरुलाइ गम्भिर भै पुनर्बिचार गर्न बिनम्र अनुरोध गर्दछु। जय नेपाल,

निरन्जन थापा

उपसभापति जिपि कोइराला फाऊन्डेसन, क्यानडा ।