आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रपतिबाट भव्य उद्घाटन

२०७६ बैशाख ५, बिहीबार २०:१२ मा प्रकाशित

नेपालगंज, ५ बैशाख । प्रदेश नम्बर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । नेपालगञ्ज रंगशालामा बिहिबार साँझ विशेष कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, प्रदेश पाँचका मुख्य मन्त्रि शंकर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

SPONSORED

उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिनुका साथै खेलाडीले मार्च पास गरेका थिए । यस्तै उद्घाटन अवसरमा आतिशबाजी समेत गरिएको थियो ।

SPONSORED

आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश गरिएको छ । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएका छन् ।

SPONSORED

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

प्रतियोगिताको खेलहरु भने चैत २७ गतेबाट नै सुरु भईसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।