दुर्घटना अपडेट : एकैपरिवारका पाँच जना सहित ८ घाईते

२०७५ चैत्र ३०, शनिबार १९:२७ मा प्रकाशित

तुलसीपुर
३० चैत / दाङमा भएको सवारी दुर्घटनामा परि एकै परिवारका पाँचसहित आठ जना घाईते भएका छन् । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ स्वीकोटको घुम्तिमा भएको जीप दुर्घटनामा घाईते भएका मध्ये तीनजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ शान्तिनगर ३ स्वीकोटमा रहेको सुन्दरादेवी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा दिउसो १ बजतिर भएको जीप दुर्घटनामा परि दाङ शान्तिनगर गाउँपालिका ३ का ३८ बर्षीय पूर्णबहादुर परियार, सोही ठाउकी २८ बर्षीया शोभा परियार, ३० बर्षीया भबिकला बिक, दंगीशरण ४ का ४६ बर्षीय ओम परियार, सोही ठाउँकी ३५ बर्षीया पार्बति परियार , घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । शान्तिनगर ३ का सन्तोष केसी, तुलसीपुर १ निवासी ललिता केसी र उनको ७ बर्षीया छोरी सन्धया केसी घाईते भएका हुन् ।

SPONSORED

घाईते मध्ये पूर्णबहादुर , ओम र शोभाको कोहलपुर रेफर गरिएको छ । पूर्ण र ओम एउटै घरका दुईभाई हुन्, शोभा पूर्णकी श्रीमती र पार्बति ओमको श्रीमती हुन् । भबिकला उनीहरुको परिवारकै नातेदार हुन् ।

ग १ ज ४९१७ नम्बरको यात्रुबहाक जीप दुर्घटनामा परेको हो । अन्य घाईतेहरुको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भईरहेको छ । जीपमा सवार १० जना मध्ये ८ जना घाईते भएका हुन् । जीप अनियन्त्रित भई सडक देखि २५ मिटर तल खसेको प्रहरीले बताएको छ । जीप चालकलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।

SPONSORED