सभामुख महरा दाङ आउने

२०७५ चैत्र २९, शुक्रबार १७:४७ मा प्रकाशित

दाङ, २९ चैत्र । संघीय संसदका सभामुख कृष्णबहादुर महरा बैशाख ३ गते दाङ आउने भएका छन ।

दाङ लालमटियास्थित राप्ती प्राबिधिक शिक्षालयको रजत जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन सभामुख महरा दाङ आउन लागेको  नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा “डायमण्ड” ले जानकारी दिए ।

SPONSORED

दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका सभामुख महरा दाङबाट चुनाव जितेसंगै मतदातालाई  भेटन प्रेत्यक महिना दाङ आउने गरेका छन् ।