राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित 1

घाेराही, चैत्र १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को यही चैत्र ३ गते घोराहीमा वृहत कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ । राप्रपा संयुक्तले देश व्यापी कार्यक्रम अन्तर्गत दाङमा पनि कार्यक्रम गर्न  लागेकाे जनाएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रिय नेताहरु पशुपति शमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी लगायतका शीर्ष नेतृत्व आउनु हुने जिल्ला अध्यक्ष नरेशजंग राणाद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै जिल्ला अध्यक्ष राणाले उक्त दिन हुने कार्यक्रमको सबै तयारी पूरा भएको पनि जानकारी गराउनु भएको छ । बिहान ११ बजेदेखि घोराहीको होटल म्याजेष्टिकमा हुने राप्रपा संयुक्तको कार्यकर्ता भेलामा उहाँले पार्टी नेता तथा शुभेच्छुक, पत्रकार सबैमा उपस्थित भइ दिन हुनु आग्रह पनि गर्नु भएको छ ।

SPONSORED

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित 2

‘मुलुकमा भरपर्दो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस भएको अवस्थामा राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको मुद्दा लिएर राप्रपा (संयुक्त) जनतामाझ पुगिरहेकोे छ ’, अध्यक्ष राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘समान विचारधारा भएका दल, समूह र व्यक्तिहरुलाई एकताका लागि आह्वान गर्दै देशमा हिन्दू र बौद्ध धर्मावलम्बीको पहिचान रहेकाले त्यो सभ्यतालाई कायम गरी भ्रष्टाचारमुक्त समृद्ध नेपाल बनाउन राप्रपा संयुक्तले आफ्नो अभियान निरन्तर जारी राख्दै आएको छ ।’ त्यसैकाे अभियान स्वरूप दाङमा पनि कार्यक्रमकाे आयाेजना गरिएकाे हाे, विज्ञप्तिमा भनिएकाे छ ।

SPONSORED

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित 3

हेर्नुहाेस्, विज्ञप्तिः

SPONSORED

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित 4

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित 5