मुख्यमन्त्रि शंकर पोख्रेल दाङमा

२०७५ फाल्गुन २९, बुधबार २०:४२ मा प्रकाशित

भोलि फागुन ३० गते घोराहीमा उपमहानगर पार्स्वचित्रको विमोचन गरीने

घोराही, फागुन ३० । प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल दाङ आइ पुगेका छन् । दाङमा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन मुख्यमन्त्रि पोख्रेल गृह जिल्ला दाङ आएका हुन् । घोराही उपमहानगरपालिकाले भोलि फागुन ३० गते आयोजना गरेको नगर पार्स्वचित्रको बिमोचन कार्यक्रमको उद्घाटन मुख्यमन्त्रिले गर्ने कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्रिको उपस्थितीमा हुने उक्त कार्यक्रममा सहभागि हुन घोराही उपमहानगरपालिकाले सबैलाई अनुरोध गरेको छ । उपमहानगरपालिकाका अनुसार दिउँसो ३ बजे उपमहानगरपालिकाको सभा हलमा नगर पार्स्वचित्रको

SPONSORED

बिमोचन कार्यक्रम हुने भएको हो । त्यस्तै मुख्यमन्त्रि पोख्रेलवाट भोलि विहान तुलसिपुरमा आयोजना हुने मोतियाविन्दु मुक्त उपमहानगरपालिकाको अभियान उद्घाटन गर्ने कार्यक्रम तय भएको उनको निजि सचिवालयले जनाएको छ ।