लालीगुरांसले मनायो १४औ वार्षिक उत्सव

२०७५ माघ २७, आईतवार २२:४२ मा प्रकाशित

घोराही २७ माघ । लालीगुरांस आवासीय माध्यमिक बिध्यालयले आफ्नो ११औ वार्षिक उत्सव मनाएको छ । लालीगुरांस बिध्यालयले विभिन्न सांगितिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पुर्व प्रधानध्यापक गोपाल प्रसाद भुषालको रहेको थियो ।

SPONSORED

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासन ,प्याब्सन दाङ्गका पुर्व अध्यक्ष यादव गिरी ,बिद्यालयका पुर्व प्रधानध्यापक गोपाल प्रसाद भुषाल, बिध्यालयका प्रधानाध्यापक केशरमान विसी लगायतले आफ्नोे भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक मान बहादुर बुढाथोकीको रहेको थियो ।

SPONSORED

SPONSORED