दीपज्योति नर्सिङको ११औ वार्षिक उत्सव

२०७५ माघ २७, आईतवार २२:३९ मा प्रकाशित

घोराही २७ माघ । दिपज्योती टेक्निकल इन्स्टिच्युटले आफ्नो ११औ वार्षिक उत्सव आइतवार सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यसपाली पनि दीपज्योति नर्सिङ कलेजले कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रत्येक वर्ष विद्यार्थीहरुको सँख्या बढ्दै गएको छ र दाङ्गका विभिन्न ठाउँहरु र जिल्ला बाहिरदेखि पढ्न आउने विद्यार्थीहरुको सँख्या अधिकतम रहेको कलेज प्रमुख सोनी केसीले बताउनु भयो ।

कार्यक्रममा दिपज्योती कलेजका सञ्चालक ध्रुव कुमार ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासनले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

SPONSORED

दिपज्योती नर्सिङ कलेजका प्रमुख सोनी केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कलेजका बिध्यार्थीहरु श्रीजना केसी,ममता बुढाथोकी,अनिषा केसी,कविता केसीले गर्नु भएको थियो ।

SPONSORED

SPONSORED