महायज्ञबाट एक करोड पचास लाख बचत

२०७५ माघ २७, आईतवार २२:१८ मा प्रकाशित

घोराही, २७ माघ । विद्यालय सुधारको लागि गत माघ ३ देखि ११ गते सम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले ठुलो रकम बचत गरेको छ ।


महायज्ञ मुल आयोजक समितीले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञको आय व्यय सार्वजनिक गरेको छ । विद्यालयको भौतिक सुधार र प्राविधि कक्षा संचालनको लागि बराह क्षेत्र माध्यामिक विद्यालयले आयोजना गरको महायज्ञमा एक करोड ५० लाख बचत भएको मुल आयोजक समितीका निर्देशक अर्जुन बुढाथोकीले जानकारी दिए ।

SPONSORED

आयोजकले सामुदायिक विद्यालयको स्तर उन्नति गर्ने भन्दै श्रीमद्भागवत धनधान्याचल विराट ज्ञान महायज्ञ संचालन गरेको थियो । जसमा विभिन्न व्यक्तिको दानबाट एक करोड, ६१ लख ७६ हजार ३ सय ३८, चौरासी पुजाबाट ४२ हजार ४ सय २०, रुद्रि पुजाबाट २४ सय ५, लाख बत्तिबाट ७ हजार ५ सय ५, दैनिक पुजा, आरतिबाट २२ सय ११ कलश विक्रीबाट १० लाख ३४ हजार ५ सय २६, तुलादानबाट ३ लाख ३ सय ८८ सय, तुलादान, भुमिदान लगायतबाट जम्मा एक करोड ९१ लाख २७ हजार ६ सय ५३ रुपैया संकलन भएको थियो ।

त्यस्तै कलाकार, ब्राह्मण, बाचक, सुचना, खाना लगायतमा ४० लाख ७२ हजार रुपैया खर्च भएको आयोजकले जनाएको छ ।
महायज्ञकी संयोजक विमला योगीले सामुदायिक विद्यालयको भौतिक सुधार र प्राविधिक शिक्षा संचालनको लागि आयोजना गरेको महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेकी छन । साथै उनले आफुहरुले अव छिट्टै विद्यालय सुधारको काम थाल्ने जानकारी दिइन ।

SPONSORED