खानेपानि संस्थामा सबैलाई मिलाएर लैजान्छु, मेरो जित सम्पुर्ण उपभोक्ताको जित हो–नव निर्वाचित अध्यक्ष डिसि

२०७५ माघ २७, आईतवार २२:०२ मा प्रकाशित

घोराही, माघ २७ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा लगातार छैठौं पटकका लागि देवी बहादुर डिसी –देवी वकिल बिजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गणेश श्रेष्ठभन्दा एक हजार २१ बढी मत प्राप्त गरेर बिजयी भएका हुन् ।

डिसीले एक हजार नौ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि गणेश श्रेष्ठले नौ सय ७४ मत प्राप्त गरेका छन् । संस्थामा प्रजातान्त्रिक प्यानल पूरै बिजयी भएको छ ।

SPONSORED

घोराही खानेपानीमा देवी बहादुर डिसी पहिलो पटक २०६० सालमा निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसले नेता राजु खनाललाई उम्मेदवार बनाएको थियो । डिसी स्वतन्त्रबाट उम्मेदवार बनेर पनि बिजयी भएका थिए । २०६३ सालमा दोस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भए ।
२०६६ सालमा डिसीलाई हराउनका लागि नेपाली कांग्रेस सहित, तत्कालिन नेकपा एमाले, माओवादी, केन्द्र, माले, राजमो सहित सात दलले तुलसी रानालाई अघि सारेका थिए ।

सात दल एकातर्फ हुँदा पनि डिसी स्वतन्त्ररुपमा विजयी भएका थिए । २०६९ सालमा वामपन्थीको तर्फबाट तार अधिकारी चुनाव लडे तर डिसीले नै जिते । यसपटक पनि नेपाली कांग्रेसबाट अन्य व्यक्ति पनि उम्मेदवारका लाघि अघि सरेका थिए । तर, पार्टीले डिसीलाई नै अगाडी सार्यो । यस पटक उनले प्रतिद्धन्द्धीभन्दा दुई गुणाभन्दा बढी मत लिएर विजयी भएका छन् । यसैविच नेपालि काग्रेस दाङले आइतवार पार्टि कार्यालयमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै नव निर्वाचित अध्यक्ष देविबहादुर डिसिले खानेपानि संस्थामा सबैलाई मिलाएर लैजाने प्रतिवद्धता ब्यक्त गरेका छन् । लोकतान्त्रिक प्रणालिको सुन्दर पक्ष निर्वाचनको मार्फतवाट उपभोक्ताहरुले आफ्नो अभिमत प्रयोग गरेर संस्थामा योग्य मान्छेलाई ल्याएको भन्दै निर्वाचनका तिताकुराहरु भुलेर एकतावद्ध भएर संस्थालाई सफल बनाउने पक्षमा आफु रहेको उनले बताए । उनले संस्था चलाउदा विगतदेखी नै आफुले सबै पक्षलाई लिएर गएको स्मरण गर्दै आफु सबैको साझा ब्यक्ति भएको पनी बताए । आफ्नो जित सम्पुर्ण उपभोक्ताको जित भएको भन्दै उपभोक्ताको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले आफ्ना अपुरो योजनाह्रु यो कार्यकालमा पुरा गर्ने समेत बताए ।

SPONSORED