किसान नेता स्व.लालबहादुर चौधरीको स्मृत्तिमा निवासमै नेकपाको श्रद्धाञ्जलि सभा

२०७५ पुष २६, बिहीबार २२:५५ मा प्रकाशित

घोराही, पुस २६ । घोेराही ७ सुक्रवार निवासि स्व. लालबहादुर चौधरीको स्मृत्तिमा चौधरीकै निवासमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । नेकपाका नेता विरबहादुर चौधरीको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा वोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले चौधरीको निधनले पार्टिले एउटा कर्मठा, इमान्दार योद्धा गुमाएको भन्दै पार्टिलाई ठुलो क्षती पुगेको बताइन् ।

उनले दङ्गालि कम्युनिष्ट आन्दोलनलाई यहासम्म ल्याउन चौधरीले महत्वपुर्ण भुमिका खेलेको चर्चा गरीन् । दङ्गालि कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागिले देखाएको वाटोमा सम्पुर्ण किसानहरु संगठित गरेर चौधरीले किसान आन्दोलनलाई अघि बढाएको पनि उनले सम्झीइन् । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा कार्य दलका सदस्य टिकाराम खड्काले चौधरीको निधनप्रति दुख ब्यक्त गर्दै उनको समाजरुपान्तरणमा पु¥याएको भुमिकाको वारेमा प्रसंसा गरेका थिए । किसान आन्दोलन अघि बढाउने महत्वपुर्ण अथक योद्धाको सज्ञा दिदै उनले योगदानलाई सदैव सम्झीरहने खालको काम घर परीवार र पार्टि मिलेर गर्नुपर्ने बताए ।

SPONSORED

सो अवसरमा घोराहीका पुर्व उपमेयर दामोदर अधिकारी, घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी लगायतकाले चौधरीको जिवनि र ब्यक्तीत्वका वारेमा चर्चा गर्र्दै उहाले देखाएको वाटोमा लागेमा मात्र चौधरीप्रति सच्चा श्रद्धाञ्जलि हुने पनि बताएका छन् । श्रद्धाञ्जलि सभामा सहभागिहरुलाई चौधरीका छोरा अशोक चौधरीले धन्यवाद दिएका थिए भने सहजिकरण छवि चौधरीले गरेका थिए । चौधरी पञ्चायत विरोधि आन्दोलनकाक्रममा लामोसयम जेलजिवन विताएका थिए । २०२४ सालदेखी पार्टि कार्यकर्ता भएर होलटाइमर भएका थिए । साथै उनले मावि सौडियारमा लामोसमय शिक्षण पेशामा रहेर पनि सेवा गरे । यसैविच किसान नेता स्व। लालबहादुर चौधरीको निधनप्रति दुख ब्यक्त गर्दै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले चौधरीप्रति श्रद्धाञ्जलि ब्यक्त गरेका छन । विहिवार मुख्यमन्त्रि पोख्रेल स्व।चौधरीको निवासमै पुगेर भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परीवारजनप्रति गहीरो समवेदना प्रकट गरेका छन् । मुख्यमन्त्रि पोख्रेलले शोक पुस्तिकामा ‘किसान नेता कमरेड लालवहादुर चौधरीप्रति भावपूर्ण श्रद्धान्जली । दाङको कम्युनिष्ट आन्दोलनमा उहाँ र उहाँको परिवारको योगदान सदैब स्मरणीय छ ।’ लेखेका छन् ।