लोभिपापिहरुले नसम्झे पनि एउटा सच्चा नेपालिले राष्ट्र निर्माता पृथ्वीनारायणलाई कहील्यै विर्सन सक्दैन–संविधानविद भिमार्जुन आचार्य

२०७५ पुष २६, बिहीबार २२:३१ मा प्रकाशित

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्ने लोभीपापीहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन । नेपाल र नेपालीको पहिचान उनकै देन हो। कतिसय वर्ष पहिले कहाँ जन्मेका माओ, माक्स वा यस्तैका दिवसलाई आदर्श मान्ने तर आफ्नै राष्ट्र निर्माताको दिवसलाई छिछी गर्ने संस्कारले हामीलाई कहाँ पुर्याउँला, सोचनीय कुरा छ । जय एकता दिवस ।