ट्याक्टरले किच्दा सल्यानमा एकको मृत्यु

२०७५ पुष २६, बिहीबार २१:३८ मा प्रकाशित

सल्यान २६, पुस
टयाक्टरले किच्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १ शान्तिनगरमा रा १ त १४४१ नम्बरको टयाक्टरले किच्दा रुकुम चौरजहारी नगरपालिका ६ घर भई हाल सल्यान श्रीनगरमा बस्दै आएका अन्दाजी २४ वर्षीय राजेश जैशीको मृत्यू भएको हो ।

बिग्रिएको ट्रकलाई पछाडिबाट धकेल्ने क्रममा बिचमा राखिएको काठ भाँचिएर ट्याक्टर व्याक हुँदा जैशीको मृत्युु भएको हो । जैशीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बिचबाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

SPONSORED