सुखी जिवन स्वस्थ समाजकालागी राजयोग प्रशिक्षण

२०७५ पुष २६, बिहीबार २१:१९ मा प्रकाशित

यमकला भुषाल,
तुलसीपुर, पुष २६। बह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपाल राजयोग प्रशिक्षण केन्द्र क्षेत्रिय कार्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बिहिवार तुलसीपुरमा सुखी जिवन स्वस्थ समाजका लागी राजयोग विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बह्माकुमारी ईश्वरीय विश्व विद्यालय राप्तीकी प्रमुख गिता दिदिको अध्यक्षता तथा प्रदेश नं ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले हरेक मान्छेको भित्री सोचलाई सहि अभ्यास गराउनुपर्ने बताए । उनले नैतिक मुल्यहरुको धारणाद्धारा नै मावन मनका आन्तरीक शक्तीहरुको विकास हुने पनि बताए । सो अवसरमा अन्तराष्ट्रिय उत्प्रेरक जाती रमण भट्टराईले राजयोग सम्बन्धी प्रशिक्षण दिएका थिए ।

बह्माकुमारी ईश्वरीय विश्व विद्यालय तुलसीपुरकी सञ्चालीका अनिता रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्व विद्यालयका सिवलालले गरेका थिए ।