प्रतिष्ठानले विभेद गरेको भन्दै कर्मचारीले सभामुख महरालाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरे

२०७५ मंसिर २०, बिहीबार २१:२० मा प्रकाशित

घोराही २० मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको संघर्ष समितिले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । प्रतिष्ठानले कर्मचारी समायोजनमा विभेद गरेका कारण विभेद नगरियोस भनि ज्ञापनपत्र बुझाएका हुन् ।

राप्ती उपक्षेत्रीय अस्पताल रहदा विकास समिति मार्फत कार्यरत ६२ जना कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गर्ने सुचना प्रकाशन गरी केही समयका लागि मात्र म्याद थप गरेका कारण प्रतिष्ठान संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।

प्रतिष्ठानले कर्मचारी समायोजनको सुचना निकालेपनि गत श्रावण देखी पुष महिना सम्मको लागि मात्र नियुक्ती दिने भनेपनि संघर्ष गर्नुपरेको संघर्ष समितिका सदस्य कमानसिङ पुनले बताउनुभयो ।

प्रतिष्ठानले दुई चरणमा ६२ जना कर्मचारीको अन्र्तवार्ता लिएर सफल उम्मेदवारको सुचना निकाल्नुपर्ने ठाउँमा म्याद थपको सुचना निकालेपछि हामी कर्मचारीलाई विभेद गरियो । उहाँले भन्नुभयो—यो शर्त हामीलाई मान्य छैन । नियुक्ती पनि बुझेका छैनौ ।

उता सभामुख महराले ज्ञापन पत्र बुझ्दै जवाफमा प्रतिष्ठानका कर्मचारीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो। प्रतिष्ठानका उपकुलपति संगिता भण्डारी संग छलफल गरी समस्या हल गरिने पनि सभामुख महराले आश्वासन दिनुभयो ।