घोराही सिमेन्टद्वारा पाँच लाख विद्यालयलाई सहयोग

२०७५ मंसिर १८, मंगलवार १७:५६ मा प्रकाशित

घोराही, मंसिर १८ । घोराही सिमेन्ट उद्योग प्रालिले घोराहीले मा वि झिङ्नी बञ्जारीलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । गत वर्ष सम्पन्न भएको विद्यालयको नव निर्मित चारकोठे भवनको भुक्तानी हुन वाँकी रकम भुक्तानीमा सहयोगार्थ सो रकम उद्योगले सहयोग गरेको विद्यालयले जनाएको छ । सामाजिक उत्तर दयित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गरीएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदिले बताए ।