सन्तोषकुमार गुप्ता, भालुबाङ २३ कात्तिक । देउखुरीको राप्ती गाउँपालिका-३ मसुरियामा आज दिउँसो करिब साढे एक बजेको समयमा देबरले आफ्नै भाउजु नाता पर्ने माथि बलत्कारको प्रयास गरेका छन् ।
बोल्न नसक्ने करिब ५५ बर्षीय आफ्नै भाउजु नाता पर्ने ती महिलालाई देबरले आफ्नै घरमा ल्याई ढोकाको चुक्कुन लगाई बलत्कारको प्रयास गरेको स्थानीय छिमेकीले बताएका छन् । पिडकका श्रीमति घर बाहिर गएको तथा पिडितकी छोरी पनि तिहारका लागि अरूको घरमा रोटीमा पकाउन गएको मौका छोपी बलात्कारको प्रयास भएको स्थानीय छिमेकी गिता कुँवरले जानकारी दिइन् । बलत्कारको प्रयास गरेको बेला ती पिडित महिला चिच्याएपछि छिमेकीहरू त्यहाँ पुगेका थिए ।
चिच्याएको सुनेर घटनास्थलमा छिमेकीहरू समयमा पुगी ती महिलाको उद्धार गरेका थिए । त्यसपछि पिडककी श्रीमतिले उल्टै पिडित मलाईलाई मरनासन्ना हुने गरी कुटपिट समेत गरेकी थिइन् । घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटनास्थलमा पुगी प्रहरीले बलत्कारको प्रयास गर्ने देबर नाता पर्ने युवक र कुटपिट गर्ने महिलालाई दूबैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाएको छ । पिडक र पिडित दुबै जनाको स्वास्थ्य परिक्षणका लागि लमही पठाउने तयारी समेत प्रहरीले गरेको छ । पिडित र पिडकको नाम भने गोप्य राखिएको छ । अनुसन्धान र स्वास्थ्य परिक्षणपछि मात्र पिडकको नाम सार्वजनिक गरिने भालुबाङ प्रहरीले जनाएको छ । पिडित घाईते महिलाको उपचारका लागि लमही पठाइएको छ । पिडकलाई बलत्कार प्रयास अन्तर्गत र पिठककी श्रीमतिलाई कुटपिट अन्तर्गतको मुद्दा चलाउने ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।