तुलसीपुर २२ कात्तिक

दाङको तुलसीपुरमा देउसीभैलो बोकेको जिप पल्टीदा २७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर ७ निबासी १६ बर्षका रमा एलसी, सोही निबासी विपना चौधरी, १४ बर्षकी रन्जीता भट्टराई, १८ बर्षकी सरस्वती भट्टराई, १७ बर्षका पवन डाँगी, १६ बर्षका सुरज अधिकारी, १७ बर्षका कुसुम कवर, १८ बर्षका कमल भुजेल, १८ बर्षक गिता वली, १८ बर्षकी लक्ष्मी विक, १७ बर्षकी भावना वली, १८ बर्षका दोर्जे गुरुङ, १५ बर्षका अनुस चौधरी, १७ बर्षका विजय घर्तीमगर, १५ बर्षका बिनोद पुलामी, १४ बर्षका सृष्टिमगर , २४ बर्षकी रञ्जीता चौधरी, १९ बर्षका विजय घिमिरे विकास बलामी, सन्तोष हमाल, प्रविन भट्राई, मेघराज पोख्रेल मधुसुदन चौधरी, रोशन चौधरी र कृष्ण चौधरी रहेका छन् । घाइते मध्य गम्भिर घाइते २ जनालाई घोराही र ३ जनालाई कोहलपुर रिफर गरिएको शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक असोक न्यौपानेले जानकारी दिनुभयो । प्रमुख न्यौपानेका अनुसार घाइतेहरुलाई शसस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्तीअंचल असपताल तुलसीपुरमा पु¥याइएको थियो ।

आदर्श नगर युथ क्लबको देउसीभैलो बोकेको लु१च ७५१६ नम्बरको जीप तुलसीपुर घोराही सडक खण्डको मोतीपुर गेट नजिकै उकालोमा पल्टीएको थियो । क्षमता भन्दा बढी मान्छे राखेका कारण जीप पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए । चालक भने फरार रहेका छन् ।