घोराही, कार्तिक २१ । जिल्ला प्रहरी कार्यालय दाङले पटकाजन्य बस्तुहरुको नियन्त्रणमा लिएको जनाएको छ । दाङका निमित्त प्रहरि प्रमुख रामप्रशाद घर्तिले भालुबाङबाट ७ हजार पिस पटका प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले प्रहरीले गोप्य सुचनाको आधारमा उक्त पटकाजन्य बस्तुहरु नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको पनि बताए ।